You are viewing the translated version of बहसको समय.

Section 49
बहसको समय
(१) मुद्दामा निर्णय हुनुपर्ने प्रश्नहरु उपर विचार गरी इजलासले बहसको समय तोक्न सक्नेछ।
(२) कानून व्यवसायीले इजलासद्वारा निर्धारित समयभित्र आफ्नो बहस सम्पन्न गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम निर्धारित समय अपुग हुने भई अतिरिक्त समय आवश्यक पर्ने भएमा कानून व्यवसायीले बहस सुरू हुनुभन्दा अघि इजलास समक्ष अनुरोध गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम अनुरोध भई आएकोमा इजलासले आवश्यक देखेमा कानून व्यवसायीलाई बहसको लागि थप समय उपलब्ध गराउन सक्नेछ।